आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा मोदीलाई झड्का, केन्द्रीय मन्त्रीले दिए राजीनामा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६



  • बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट केन्द्रीय मन्त्री अरविन्द सावंतले राजीनमा दिएका छन्। उनी शिव सेनाको लोकसभा सांसद हुन्। सावंत मोदी सरकारमा उद्योग मन्त्री थिए। अरविन्द सावंतले ट्विट गर्दै पदबाट राजीनामा दिएको बताएका हुन्।

    अरविन्द सावंतले ट्विट गर्दै लेखेका छन्–शिव सेना सत्यको साथमा रहन्छ। यो माहोलमा दिल्लीमा सरकार सरकारमा बसिरहनुको अर्थ के ? यस कारण मैले केन्द्रीय मन्त्री पदबाट राजीनामा दिँदैछु।’

    अरविन्द सावंतको राजीनामा सँगै शिव सेनाले महाराष्ट्रमा एनसीपी र कांग्रेसको समर्थनमा सरकार बनाउन लागेको अनुमान गरिएको छ। एनसीपीले शिव सेना पहिला एनडीए सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको थियो।

    एनसीपीका राष्ट्रिय प्रवक्ता नवाब मलिकले बीजेपी–एनडीएसँग गठबन्धन तोड्न र एक न्युनतम एजेण्डा बनाउने हो भने मात्रै एनसीपीले शिव सेनालाई समर्थन गर्न सक्ने जनाएका थिए।

    बीजेपीले यो घटनाक्रमलाई यदि शिव सेना जनादेशको अपमान गरेर एनसीपी र कांग्रेससँग मिलेर सरकार बनाउन चाहन्छ भने शुभकामना दिने बताएको छ।

    महाराष्ट्र बीजेपी प्रमुख चन्द्रकान्त पाटिलले भने–महाराष्ट्रका जनताले जनादेश बीजेपी–शिव सेना गठबन्धनलाई दिएका थिए। एक्लै हामी सरकार बनाउन सक्दैनौं।’

    महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शुक्रबार राज्यको सबैभन्दा ठूलो पार्टी बीजेपीलाई सरकार बनाउन आमन्त्रण गरेका थिए। तर बीजेपीले बहुमत नभएका कारण सरकार बनाउन अस्वीकार गरेको थियो। त्यसपछि आइतबार राति राज्यपालले दोस्रो ठूलो पार्टी शिव सेनालाई सरकार बनाउन आमन्त्रण गरेका थिए।

    यद्यपी शिव सेनासँग पनि ५६ जना मात्रै सांसद छन्। जबकि सरकार बनाउनका लागि १४६ सांसदको समर्थन चाहिन्छ। यस्तो अवस्थामा शिव सेनालाई एनसीपी र कांग्रेस दुवैको समर्थन आवश्यक पर्छ। यही समर्थनलाई लिएर एनसीपीले शिवा सेनालाई शर्त राखेको थियो। कांग्रेसले शिव सेना र एनसीपीलाई सरकार बनाउन समर्थन गर्न सक्ने बताइएको छ।

    राज्यपालको आमन्त्रणपछि शिव सेनाले आइतबार राति बैठक बोलाएको थियो। शिव सेनाका नेता संजय राउतले कुनै पनि हालतमा राज्यमा शिव सेनाको मुख्यमन्त्री हुने बताएका छन्। राज्यका कार्यवहाक मुख्यमन्त्री देवेन्द्र फडणवीसले शुक्रबार पदबाट राजीनामा दिएका थिए। शनिबार नै महाराष्ट्र विधानसभाको कार्यकाल समाप्त भएको थियो।

    बीजेपी र शिव सेनाबीच विगत २५ वर्षदेखि गठबन्धन थियो। गत महिना भएको विधानसभा चुनावमा यो गठबन्धनले बहुमत प्राप्त गरेको थियो। तर, शिव सेनाले पाँच वर्षे कार्यकालमा आधा कार्यकाल आफूले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेको थियो।

    तर त्यसका लागि बीजेपी तयार भएन। २८८ सदस्य महाराष्ट्र विधानसभामा बीजेपीका १०५ र शिव सेनाका ५६ विधायक छन्। प्रदेशमा एनसीपी र कांग्रेस तेस्रो र चौथो नम्बरमा छन्। एनसीपीसँग ५४ र कांग्रेससँग ४४ विधायक छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij