आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारलाई झण्डै ११ खर्ब ऋण, एक नेपालीको भागमा साढे ३६ हजार

  • प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६



  • नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । २०७६ असोज मसान्तसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसले देखाउँछ तपाईं हामी ऋण मुक्त छैनौँ ।

    उसो भए नेपाली मात्र होइन विकसित देशका जनताहरु अझ बढी ऋणमा छन् । नेपाल सरकारलाई लागेको सार्वजनिक ऋणको आधारमा एक नेपालीको थाप्लोमा पर्ने ऋण निकाल्दा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यसमा नेपालको जनसङ्ख्याले कुल सार्वजनिक ऋणलाई भाग गरि एक व्यक्तिको थाप्लोमा पर्ने ऋण निकालिन्छ । तथ्याङ्क विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसङ्ख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जना हो । यस आधारमा अहिले एक नेपालीको थाप्लोमा साढे ३६ हजार ऋण छ ।

    सरकारले तिर्न बाँकी खुद आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड र तिर्न बाँकी खुद वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४७ करोड रहेको छ । विकसित देशलाई हेर्ने हो भने ऋणको मात्रा अत्यधिक रहेको देखिन्छ ।

    कुन देशका नागरिक कति ऋणमा ?

    वर्ल्ड पपुलेशन रिभ्युलाई आधार मान्ने हो भने अमेरिका जिडिपिको ११५ प्रतिशत ऋणमा छ । यो भनेको अमेरीकी एक नागरिक बराबर ५८ हजार २ सय डलर ऋण छ । अमेरिका १९.७७ ट्रिलियन डलर ऋणमा छ ।

    यस्तै संयुक्त राज्यको जीडिपिको ३१३ प्रतिशत ऋणमा छ । यो भनेको यहाँको नागरिकको प्रतिव्यक्ति ऋण १ लाख २७ हजार डलर हो । संयुक्त राज्य ८.४८ ट्रिलियन डलर ऋणमा छ । फ्रान्स २१३ प्रतिशत ऋणमा छ । यहाँका नागरिकलाई ८७ हजार २ सय डलर ऋण छ । जापानका नागरिकलाई २८ हजार २ सय डलर ऋण छ । चीनका नागरिकलाई १ हजार ३ सय २६ डलर प्रतिव्यक्ति ऋण छ । अष्ट्रेलियामा प्रतिव्यक्ति ऋण ६० हजार ८ सय डलर छ । स्वीजरलयाण्ड जिडिपिको २६९ प्रतिशत ऋणमा छ ।  यहाँको प्रतिव्यक्ति ऋण २ लाख १३ हजार १ सय डलर छ ।

    सरकारले ऋणको ब्याज मात्र ४ अर्ब १३ करोड ८१ लाख तिर्यो

    सरकारले आन्तरिक ऋणतर्फ ३ अर्ब ५९ करोड ४७ लाख बराबरको ब्याज तथा बाह्य ऋणतर्फ २ अर्ब १८ करोड ३२ लाख सावा र ब्याज ५४ करोड ३४ लाख भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले प्राप्त गरेको वैदेशिक अनुदान गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२३.४ प्रतिशतले बढेर ७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत आवको ३ अर्ब ३२ करोड रुपैयाँ थियो । यसैगरी संघिय सरकारले प्राप्त गरेको वैदेशिक ऋण गत आवको सोही अवधिमा ११ अर्ब ३४ करोड रहेकोमा अहिले ५९.७ प्रतिशतले बढेर १८ अर्ब ११ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयले जनाएको  छ ।

    वैदेशिक सहायतामा अनुदानको अंश बढी

    चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब ६८ करोड रहेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा यस्तो प्रतिबद्धता २७ अर्ब ७६ करोड रहेको रहेको थियो ।

    नेपालले सन् १९५१ देखि विकास सहायता लिन थालेको हो । नेपाललाई विश्व बैङ्क, एसियाली विकास बैङ्कबाट बहुपक्षीय साझेदारले ऋण र अनुदान प्रदान गर्दै आएका छन् । द्विपक्षीय साझेदारहरू अष्ट्रेलिया, चीन, डेनमार्क, फिनल्यान्ड, जर्मनी, भारत, जापान, कोरिया, कुवेत, नेदरल्याण्ड, नर्वे, साउदी अरब, स्वीजरल्याण्ड, बेलायत, र अमेरिकालगायत राष्ट्रबाट विकास सहायता प्राप्त हुँदै आएको छ ।

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्राप्त भएको कुल वैदेशिक सहायता प्रतिबद्धता मध्ये अनुदान र ऋणको हिस्सा क्रमशः ७८.८ प्रतिशत र २१.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यस्तो हिस्सा १६.२. र ८३.८ प्रतिशत रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij