आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आलमलाई साधारण तारेखमा रिहा गर्न अधिवक्ताहरुको जोड

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २८, २०७६



  • रौतहट । नेपाली काँग्रेसका सांसद मोहम्मद आफताव आलमको मुद्दामा जिल्ला अदातलत गौरमा बुधबार तेस्रो दिन पनि बहस जारी छ । जिल्ला न्यायधिश दिकप ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठसहित चार जना अधिवक्ताले बुधबार बहस गरेका थिए ।

    वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ताहरु अजय पटेल, संजिव कुुमार मल्लिीक र लालबाबु यादवले बहसको क्रममा बिना आधार दुःख दिने नियतले प्रहरीले आलममाथि मुद्दा चलाएको जिकिर गरे ।

    प्रहरीले तयार पारेको पहिलो र पछिलो दुबै प्रतिवेदनमा आलमको कतै संलग्नता नदेखिएको वकिलहरुले दावी गरेका थिए ।

    २०६४ चैत्र २७ गते बमकाण्डमा मृत्यु भएका भनिएका त्रिलोक प्रताप सिंह भन्ने पिन्टु सिंह २०६४ मंसिर देखि नै फरारको सूचीमा रहेको अभियुक्त भएको उनकोे शव प्राप्त नभएसम्म मृत्युु भएको प्रहरीको दावीमा कुनै दम नरहेको अधिवक्ताहरुले बताएका थिए ।

    अधिवक्ताहरुले निर्दोष आलमलाई साधारण तारेखमा रिहा गरेर मुद्दामाथि छानबीन बढाउन जोड दिए । आलमलाई राजनीतिक पूर्वाग्रहको कारण फसाइएको बरिष्ठ अधिवक्ताहरुको दावी छ ।

    कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारनको गरी तीन वटा मुद्दामा पक्राउ परेका आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरिरहेका छन् । यसअघि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खडका, शेरबहादुर केसी, वरिष्ट अधिवक्ता युगनाथ खनाल, अधिवक्ता सतिसकुमार झा, वरिष्ठ अधिवक्ता, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।

    आलम पक्षका वरिष्ठ अधिवक्ताहरुले बहसको क्रममा प्रहरीले निराधार मुद्दा दर्ता गरेर दुःख दिएको भन्दै जनताबाट निर्वाचित पूर्वमन्त्रीसमेत रहेका आलमलाई अदालतले रिहा गरेर मुद्दाको छानबिन हुनुपर्नेमा जोड दिए ।

    २०६४ चैत्र २७ गते राजपुर फरहदवास्थित बमकाण्डका घाइते पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा सर्वोचको आदेशमा गत असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरी कानुनी प्रकृया बढाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij