आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डिएसपीको जागिर जोगियो

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २९, २०७६



  • इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि आचरणसम्बन्धि कारबाही हुने भएको छ । दशैंको बेला तरुण दलका नेतासँग खसी मागेको विषयमा उनीमाथि आचरणको कारबाहीको सिफारिस भएको छ ।

    तर, तरुण दलका नेतालाई हतियारसहित पक्राउ परेको घटनामा भने कमजोरी नदेखिएपछि डिएसपी शाहीको जागिर जोगिएको छ । फोनमा खसी माग्नु र पक्राउ गनुएको कुनै सम्बन्ध नभएको छानबिन रिपोर्टमा आएको छ । एसएसपी नरबहादुर केसी संयोजकत्वको छानबिन समितिले डिएसपी शाहीमाथि आचरणसम्बन्धि कारबाही गर्नुपर्ने रिपोर्ट बनाएको छ । तर, मुद्दा दर्ता भएपछि मात्र रिपोर्ट बुझाउने तयारी छ ।

    कोहलपुरले तरुण दलका जिल्ला सभापति सन्दीपजंग शाहसहित तीन जनालाई कात्तिक १४ गते पक्राउ पेस्तोलसहित पक्राउ गरेको थियो । खसी नदिएको आरोपमा पेस्तोल आफैंले राखेर पक्राउ गरेको आरोप तरुण दलले लगाउँदै आएको थियो ।
    शाहसहित पक्राउ परेका माधव नेपाली ,प्रितम थापा र यमबहादुर बुढामगरलाई पाँच वर्ष कैद सजायको माग दाबी गरी शुक्रबार मुद्दा दायर भएको छ । रिसोर्टको सिसिटिभी फुृटेज हेर्दा र अन्यसँग सोधपुछ गर्दा हतियार शाहकै भएको पुष्टि भएको हो ।
    प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो।
    दशैंको बेला तरुण दलका कोषाध्यक्ष केशर खड्कासँग डिएसपी शाहीले खसी मागेको फोन रेकर्ड सार्वजनिक भएको थियो । जसमा खड्काले आफुले खसी पठाइदिने समेत बताएको सुनिन्छ ।
    पछि उनीहरुबीच विवाद भएको थियो । त्यसपछि तिघ्रा छेडिदिन्छु भन्दै डिएसपी शाहीले धम्काएको अडियो समेत सार्वजनिक भएको थियो । तर, अडियो र पक्राउबीच सम्बन्ध नभएको प्रहरी दाबी छ ।
    फोन रेकर्ड सार्वजनिक गर्ने नेता खड्काविरुद्ध पनि ज्यान मार्न उद्योगमा मुद्दा दर्ता भइसकेको छ । शाह र खड्का दुवै गुन्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij