आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमा विवादः भारतविरोधी आन्दोलन चर्किरहेका बेला श्याम शरण काठमाडौंमा !

  • प्रकाशित मिति : सोमवार, मंसिर २, २०७६



  • काठमाडौं । भारतीय पूर्व विदेश सचिव श्याम शरण काठमाडौं आएका छन् । भारतले सीमा मिचेको विरोधमा नेपाल भर विरोध प्रदर्शन भइरहेका बेला हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै भारतलाई कालापानी नेपालको भएकोले त्यहाँबाट आफ्ना सेना फिर्ता लैजान भनेका थिए । त्यसको केही घण्टापछि नै श्याम शरण काठमाडौं आइपुगेका हुन् ।

    श्याम शरण भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको बताइएको छ । नेपालको सत्ता र प्रतिपक्ष दलले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरिरहेका बेला मोदीले पूर्व विदेश सचिव श्याम शरणलाई नेपाल पठाएका हुन् । श्यामशरण नेपाली राजनीतिमा विशेष दखल राख्ने भारतीय कुटनीतिज्ञ हुन् । तत्कालिन माओवादी र सात दललाई एक ठाउँमा ल्याएर दिल्ली सम्झौता गराउन भूमिका खेलेका थिए । नेपालका दलहरुसँग विशेष सम्बन्ध राख्ने श्याम शरण मोदीको सन्देश बोकेर काठमाडौ आइपुगेका छन् ।

    सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण नेपालका लागि पूर्व भारतीय राजदूत पनि हुन् । भारतीय अतिक्रमणविरुद्ध नेपाल एकजुट भएको छ । सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुनै अतिक्रमणबिरुद्ध उभिएका छन् । आइतबार साँझ काठमाडौ आइपुगेका श्यामशरणले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाईमा उनले मधेसबादी दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij