प्रकाशित मिति : आइतवार, मंसिर ८, २०७६
काठमाडौं । युवा ज्योतिषी तथा वास्तुशास्त्री मुस्कान खनालले बंगलादेशमा सम्पन्न २८औं दक्षिण एशियाली ज्योतिष सम्मेलनमा ”prominent astrologer of the south asia content” अर्थात ”एशियाका एक विख्यात ज्योतिष”बाट विभूषित भएका छन् ।

साे विधामा आफ्ना ६० जना प्रतिष्पर्धीलाई पछि पार्दै दाङ निवासी खनालले एशियाकै एक विख्यात ज्योतिषका रुपमा स्वर्ण पदक (Gold medal) सहित विभुषित हुन सफल भएका हुन् ।
छोटो समयमा ज्योतिष तथा वास्तुशास्त्रमा आफुलाई अब्बल सावित गरिरहेका युवा ज्योतिष खनालले बंगलादेशको चितागोंग शहरमा यही नोभेम्बर २१, २२ र २३ तारिखमा सम्पन्न भएको ज्योतिष सम्मेलनमा आफ्नाे Traditional astrology in nepal, how can astrology be applicable in modern time लगायतका विषयमा धारणा प्रस्तुत गरेका थिए ।
स्वर्ण पदक (Gold medal) सहित एक उच्च तहकाे सम्मान पाएलगत्तै दाङ सञ्चारसँग कुरा गर्दै खनालले भने, ”याे सम्मान मेरालागि मात्र नभइ समग्र देशका लागि गरिएकाे सम्मान हाे, यसले मलाई अझ जिम्मेवार र कर्तव्यबाेध बनाएकाे छ । मलाई सम्मान याेग्य ठान्नु भएकाेमा म आयोजक र छनौट टीम प्रति आभारी छु ।” उनले Gold medal का साथ प्रमाण पत्र र एक लाख टाँका (बंगलादेशकाे रूपैयाँ) हात पारेका छन् ।

दक्षिण एशियाली ज्योतिष महासंघका केन्द्रिय सदस्यसमेत रहेका खनाललाई ज्योतिष र अध्यात्म क्षेत्रमा गरेको खोज अनुसन्धान तथा योगदानको उच्च कदर गर्दै विभूषित गरिएको हो । उनले प्रस्तुत गरेकाे अनुसन्धानात्मक कामले ज्याेतिष तथा अध्यात्म विज्ञानका लागि निकै लाभ भएकाे बताइएकाे छ । साउथ एशियन मुलुकका करीव ६ सय बढी ज्योतिष तथा खगोल वैज्ञानिकको उपस्थिति रहेकाे उक्त सम्मेलनमा नेपालबाट १३ जना ज्योतिषहरु सहभागी भएको खनालले बताए ।

उक्त सम्मेलनमा भाग लिन नेपालबाट दक्षिण एशिया ज्योतिष महासंघ नेपाल च्याप्टर अध्यक्ष डा. सहदेव विष्टको नेतृत्वमा पुगेकाे हो । ज्योतिष तथा अध्यात्मसँगै विज्ञानको संयोजनबाट विश्वलाई कसरी परिस्कृत गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताइएको छ । ३ दिने सम्मेलनले मुस्लिम बाहुल राष्ट्र बंगलादेशमा हिन्दु धर्मको बारे र समग्रमा मानव धर्म एकसूत्रमा बाँध्ने गरी गरिएको कार्यक्रम ऐतिहासिक भएको आयोजकले दावी गरेकाे छ ।
ज्योतिष शास्त्रको गरिमा कायम राख्न, अनुशासन र यसको दीगो अध्ययनका लागि सम्मेलन कोशेढुंगा सावित भएको बताइएको छ । सो अवसरमा बंगलादेशका उच्च तहका व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । अध्यात्म, ज्योतिष र हिन्दु धर्मका बारेमा प्रस्तुत गरिएको विचार, दर्शन र धारणा बंगलादेशका प्रमुखहरुले निकै चासोमा साथ सुनेका थिए ।
महासंघको उद्घाटन बंगलादेशकी प्रधानमन्त्री शेख हनिसाले गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री हसिनाले धर्म, संस्कार, रीतिरिवाज मानवजातिको सबैभन्दा ठूलो सम्पत्ति भएको बताएकी छिन् । यसका लागि ज्योतिष सम्मेलनले थालेको अभियान अत्यन्तै सकारात्मक र उपलब्धीमूलक बन्नेमा आफू विश्वस्त रहेको बताउँदै बंगलादेशी जनताकाे सदैव साथ रहने वचन दिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij