आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्याजको भाउ छोइनसक्नु, ओली सरकार हेरेको हेर्यै !

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६



  • हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै ५ सय प्रतिशतले महँगो भएको छ। भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मङ्सिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ। खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको खबर आजको गोरखापत्रले लेखेको छ ।

    उपत्यकावासी प्याजका लागि भारतमै परनिर्भर हुनुपर्ने र भारतले नेपाल प्याज पठाउन रोक लगाएपछि व्यापारीले अवैधानिक बाटोबाट ल्याएको प्याज झन् महँगो भएको हो।

    समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ। मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए।

    उनले भने, ‘यो पटक भारतमै भाउ बढेको प्याज अवैधानिक बाटोबाट ल्याउँदा झन् बढेको हुनसक्छ।’

    भारत सरकारले भारतको प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि गएको असोजदेखि प्याज निर्यातमा रोक छ । यसको प्रत्यक्ष असर नेपाललाई परेको छ।

    नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। हाम्रोमा आठ–दस दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न। त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन्।

    उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन्। उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा प्याजको कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको बताए।

    बजारमा प्याज आएर पनि किन महँगो भएको हो बजार अनुगमन गर्ने नियमनकारी निकाय जिम्मेवार बन्नुपर्दैन ?’ उनले प्रश्न गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij