प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६
नेपाली कांग्रेसले शनिबार भएको उपनिर्वाचनमा बैतडीपछि अर्काे जीत हात पारेको छ ।
कांग्रेसले सुर्नयाको वडाध्यक्षमा जितेको केहीबेरमै बाजुराको त्रिवेणी नगरपालिकामा समेत जीत हात पारेको छ ।
शनिबार बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका खकेन्द्रबहादुर चदारा विजयी भएका छन् ।
कांग्रेसका चदाराले रुख चिह्नमा ४ सय ७३ मत ल्याउँदा नेकपाका उम्मेदवारले सूर्य चिह्नमा २ सय ९७ मत मात्रै पाए । हालसम्म कांग्रेसले सुदूरपश्चिममा मात्रै जीत हात पारिसकेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा उपनिर्वाचनबाट कांग्रेसको चारतारे झण्डा फहराएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij