प्रकाशित मिति : आइतवार, मंसिर १५, २०७६
दाङको घोराही उपमहानगरपालिका– १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मत अन्तरले विजयी भएका छन् ।
यो वडा संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडा हो । जहाँ कांग्रेसका डाँगीले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरे ।
३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् ।गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij