प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६
जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ।
यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।
आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् ।नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस । तपाईले खिचेको नोटको सफा फोटो लाइ ebay को वेबसाइटमा अपलोड गर्नु होस् ।आफुले कति सम्ममा कसैले किन्न आए दिने ? मुल्य खुलाउनु आवस्यक छ । eBay को वेबसाइटमा नक्कली नोट अपलोड गर्न पाइदैन त्यसैले गलत धन्दा गर्छु भने जे पायो त्यहि नगर्नु होला ।यदि तपाइलाई नेपाली नोट बिक्रि हुदैनन भन्ने लाग्छ भने eBay को वेबसाइटमै गएर हेर्न सक्नु हुन्छ । त्यहाँ ५ डलर देखि १०० डलर सम्मका नेपाली नोट अपलोड गरिएका छन् ।
इन्टरनेटमा बेच्न सुरु गरिदिनुस, तपाई संग भएको नोटको जुन मार्केट भ्यालु छ त्यो भन्दा १० गुना धेरै पैसा नोट बेचेर कमाउन सक्नु हुन्छ ।प्राय जसो चिनिया, इन्डियन, अमेरिकी लगाएत विश्वका विभिन्न देश बाट नोट खरिद गर्छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij