प्रकाशित मिति : बिहिबार, मंसिर २६, २०७६
विहीबार अपरान्ह काठमाडौंकौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान नम्बर ६५१ दोहा उडान भर्नका लागि बोर्डिङ भइरहेको थियो।
विमानस्थलमा रहेको कतार एयरवेजको काउन्टरबाट तीन जना नागरिक बोर्डिङ पास लिएर अध्यागमन डेस्कतिर प्रस्थान गरे। उनीहरु दोहा हुदैँ इटली जान लागेका थिए।
तर उनीहरुलाई अध्यागमनका अधिकारीले त्यहाँबाट अघि जान अनुमति दिएनन। मलेसियाको पासपोर्टधारी उनीहरुमाथि अध्यागमन अधिकृतले शंकै शंकाले हेरे। किन भने उनीहरुले मले भाषा बोल्न र बुझ्न सक्दैनथे।
अध्यागमनका अधिकृत उनीहरुमाथि प्रश्नै प्रश्न तेर्साएपछि उनीहरुले आफू श्रीलंकन नागरिक भएको स्वीकार गरे।
यसरी अध्यागमनले नियन्त्रणमा लिएका ती जना श्रीलंकन नागरिकमा तनुषा जेवामनी,राबुशान जेवामाङ र इबराब्रु बचा रहेका छन।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बोकेको मलेसियन पासपोर्टसमेत नक्कली भएको खुल्न आएको अध्यागगमन विभागका महानिर्देशक इश्वर राज पौडेलले जानकारी दिए। उनीहरुमाथि शुक्रबारबाट थप अनुसन्धान गरिने उनले बताए।
पक्राउ परेका तीनै जनाले आफ्नो पासपोर्ट च्यातेर युरोप छिर्नका लागि नक्कली मलेसियन पासपोर्टको सहायता लिएको बताएका छन्। स्रोतका अनुसार एक साता अघि नै उनीहरु नेपाल आएर बसेको खुल्न आएको छ।
उनीहरुले नेपाल हुदैँ युरोप प्रवेश गराउनका लागि केही समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। तस्करहरुको समूहले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा लिएको भन्दै प्रहरीले पनि यस विषयमा थप अनुसन्धान अघि बढाउने भएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij