प्रकाशित मिति : शनिबार, मंसिर २८, २०७६
जनकपुर । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक भएको बम विस्फाेटमा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। गएराती भएको बिस्फोटमा घाइते भएका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको उपचारको क्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी प्रध्युम्नकुमार कार्कीले जानकारी दिए।
छिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएक थियो। प्रहरीका अनुसार गएराति मध्यरातमा बम विस्फाेट भएकाे हाे।
राति करिब पाैने १२ बजे राजेशले शाैचालय जाने क्रममा घरकाे गेटमा बम राखेकाे झाेला झुन्डाएकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टाेलीआएर बम राखिएकाे झाेला निकाल्ने क्रममा विस्फाेट भएकाे बताइएकाे छ।
बम बिस्फोटमा परी नेपाल प्रहरीका प्रहरी जवान रिजन महतो पनि गम्भीर घाइते भएका छन्। मृतक राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो। घाइते सबैको उपचार भइरहेको डीआईजी कार्कीले बताए।
बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij