प्रकाशित मिति : मङ्लबार, पुस १, २०७६
मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। साना तिना समस्यामा अल्झिनुपर्नेछ। स्वास्थ्यमा समस्या आउला। अनावश्यक धन खर्च हुनेछ।
मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिको साथ पाईनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ, रतिरागपनि बढ्नेछ।
सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
मनमा दुविधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला।
तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। प्रेममा मधुरता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
मनमा निरासा र शरीरमा आलस्य आउला। मनमा अविश्वाश उत्पन्न हुनेछ। प्रेममा मनमुटाव आउला। यात्रामा मालसामान हराउन सक्छ।
कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परिवारमा सुख सन्तोष छाउला। नयाँ कामको थालनी हुनेछ।
वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ।
कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सेयरको कारोबामा फाईदापनि हुनसक्छ।
कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
गरेको कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। विद्यामा सफलता पाइनेछ।
वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
दैनिक कार्यमा प्रगति हुनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। नसोचेको ठाउँबाट धनागमको हुनेछ।
मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
आज रमणीय र सुखद् यात्राको योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा सहयोग भाव आउला। प्रेम सम्बन्धपनि कसिलो हुनेछ।
मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिनछ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij