आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

  • प्रकाशित मिति : बिहिबार, पुस ३, २०७६



  • काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन्।

    एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन्।

    यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन्।

    त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।

    यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij