आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

होसियार ! नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्न सक्छ, ग्रहणले गर्भवतीलाई असर गर्दैन

  • प्रकाशित मिति : बिहिबार, पुस १०, २०७६



  • काठमाडौं । बैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् ।

    क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्‍यादैन ।’

    बिहीबार खण्डग्रास सूर्यग्रहण । विशेषज्ञहरुले ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता गलत भएको’ बताएका छन् । नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानी नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन । पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रूपमा निस्किने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ ।

    ‘सूर्य ग्रहणको समय कुनै विशेष किरण वा कणको उत्सर्जन हुँदैन,’ भौतिकशास्त्री उदयराज खनालले भने, ‘त्यसैले शरीरमा नकारात्मक असर पर्ने कुरै आउँदैन ।’ वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा डीएन साहले ग्रहण लागेको सूर्यलाई नांगो आँखाले नहेर्न सुझाव दिए । ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम ।’

    बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार ग्रहणको समयमा मानिसमा पर्ने प्रभावबारे कुनै वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन । समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार ग्रहणलाई नांगो आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर हेर्नु हुँदैन । हिमालय आरोहणमा प्रयोग हुने विशेष प्रकारको गाढा रङको धातु लेपन गरिएको चस्माबाट मात्रै अवलोकन गर्न उपयुक्त हुन्छ ।

    काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने सूर्य ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुर झापामा ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ । काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ । काठमाडौं र महेन्द्रनगर–कञ्चनपुरमा चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर–झापामा ३६ प्रतिशत ढाक्नेछ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij