प्रकाशित मिति : बिहिबार, पुस १०, २०७६
निलम ओली, घोराही दाङ। यहीँ पौष ८ गते घोराहीको शान्ति शुधा ईङ्लीस बोर्डीङ स्कुलका छात्र हरु विद्यालय कै प्रांगणमा बास्केटबल खेल्दै थिए त्यहीँ क्रममा बल उफ्रीएर छिमेकीको निर्माणाधीन अबस्थामा रहेको घरमा पुग्यो अनि घर धनीलाई एकाएक रिस उठेपछि घटनाले ठूलो रुप लिएको छ। घोराही उपमहानगरपालिका १५ मा रहेको शान्तीसुधा ईंङ्लीस बोर्डीङ स्कुल र घोराही १५ निवासी राजबिर थापा बिच विद्यार्थी विद्यालय कम्पाउनभित्र खेल्दा खेल्दै बास्केटबल थापाको निर्माणाधीन घरको कम्पाउण्डमा पुगेको निहुँमा बिवाद भएको स्कुलले बताएको छ,सो बल माग्दा घर धनी थापाले निकै नै अभद्र शब्दहरु खाते , कुट्छु , मार्छु जस्ता अपच्य शब्द प्रयोग गरी गाली गरेको गुनासो रहेकोे छ ।

यसैगरी थापाले बिद्यालयका प्रधानाध्यापक बिनय कुमार मिश्रलाई देसीलाई देश निकाला गर्नु पर्छ भन्दै गाली गरेको सो बिद्यालयका बिद्यार्थी एबं प्रत्यक्ष्य दर्सी शिक्षकहरुको भनाई छ मिश्र ले २६ बर्ष देखि दाङमा विद्यालय संचालन गर्दै आएका छन् उनिले दाङमा मात्रै ३ वटा विद्यालयको अध्यक्ष रहेको जानकारहरु बताउँछन् ।यसैगरी घर धनी थापा पनि लामो समय जापान बसी नेपाल आएको बताईएको छ र यसैगरी बिवाद चर्किदै जाँदा आफुले बातावरण सहज बनाउँन खोज्दा आमा बुवाको नाम लिएर समेत गाली गर्ने गरेको बिद्यालयका सुरक्षा गार्ड बम बहादुर खड्काले बताउनु भयो ।

यो पहिलो पटक नभएर पहिले पनि यस्तै ब्यबहार भएकोले अब त् अती भयो भन्दै बिद्यालयका प्रधानध्यापक मिश्रले प्रहरीमा उजुरी दिएको बताउनु भयो । प्रधानध्यापक मिश्रले थापा माथी सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाई पाउँ भनी जिल्ला प्रहरी कार्यालय दाङमा २०७६ साल पौष ९ गते उजुरी दिनु भएको हो । पेसाले बिद्यार्थी जापान पठाउने कन्सल्टेन्सी संचालन गर्दै आउँनु भएका राजबिर थापासँग हामीले यस घट्नाको बारेमा बुझ्न खोज्दा उहाँ हाम्रो संपर्कमा आउन चाहानु भएन ।

यसरी विद्यालयले आफ्नो कम्पाउण्ड क्षेत्रमा आबस्यक तारबार गर्न सकेको भए यो घटना नहुने देखिन्छ भने लामो समयसम्म जापान बसेर आएका थापाले नेपालमा आएर एउटा कन्सल्टेन्सी संचालनमा ल्याउन सक्ने ब्यक्तित्वले यस्तो अपशब्दहरु प्रयोग गर्नु भन्दा चित्त नबुझेको भए कानुनी उपचार खोज्नुभएको भए उत्तम हुने थियो कि यो घटनाले समाजमा रहेका विभिन्न क्षेत्रमा एउटा जनचेतना हुने छ आफुले जे गरे पनि अरुलाई असर कसैले पुर्याउनु हुन्न भन्ने शिक्षा सबैले पाउन जरुरी छ ।घटनाको बारेमा बुझ्दा निवेदन दर्ता भएको छ बास्तबिकता बुझी कानुनी कामकारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij