आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूगर्भविद् टोनी हेगनको सम्झनामा हुलाक टिकट, राष्ट्रपतिद्वारा टाँचा

  • प्रकाशित मिति : सोमवार, पुस १४, २०७६



  • e[s'6Ld08kdf x:tsnf d]nf /fi6«klt ljBfb]jL e08f/L g]kfn x:tsnf dxf;+3åf/f e[s'6Ld08kdf z'qmaf/b]lv ;'? ePsf] !% cf}F ;:s/0fsf] x:tsnf d]nfnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M gjLg kf}8]n, /f;;

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीस भूगर्भविद् टोनी हेगनको स्मरणमा प्रकाशन गरिएको हुलाक टिकटमा टाँचा लगाएकी छन् । फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय र टोनी हेगन फाउण्डेशनद्वारा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले टाँचा लगाएकी हुन्।

    नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याउने अन्तरराष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा अग्रपङ्क्तिमा आउने नाम हो टोनी हेगन । सन् १९१७ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा जन्मिएका हेगनले इञ्जिनीयरिङ तथा जियोलोजीमा स्वीस फेडेरल इन्स्टिच्युटबाट डिप्लोमा लिउका थिए भने ज्युरिच जियोलोजिकल इन्स्टिच्युटमा अनुसन्धान सहायकको रुपमा जिम्मेवारी समालेका थिए।

    हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवाली र व्यवस्थापन कार्यालयका अध्यक्ष शङ्कर श्रेष्ठले टोनी हेगनले नेपालको भूगर्भसम्बन्धी खोज तथा अनुसन्धानको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

    सन् १९५० मा प्रथमपटक स्वीस सहायता कार्यक्रमको सिलसिलामा नेपाल आएका टोनी हेगन काठमार्डाैँ बाहिर खोज तथा अनुसन्धान गर्न अनुमति पाउने सम्भवतः पहिलो विदेशी नागरिक थिए । सन् १९५९ मा युएनअन्तर्गत सर्भे विभाग तथा सन् १९६१ मा इन्टरनेशनल रेडक्रसको चिफ डेलिगेटको जिम्मेवारी पनि पूरा गरेका हेगन जीवनका पछिल्ला दशकमा पनि युएनका विभिन्न कार्यक्रममा सक्रिय थिए ।

    नेपालको कुनाकाप्चा गर्दै करिब १४ हजार किमीभन्दा धेरै यात्रा गरेका हेगनले नेपालको यात्राअन्तर्गत उल्लेख्य अध्ययन तथा अनुसन्धान गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij