आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अटोमेटिक पेस्तोलसहित इटहरीमा दुई पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, पुस १८, २०७६



  • इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

    प्रहरीका अनुसार बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा पेस्तोलसहित दुई जना पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा सुन्दर-हरैंचा ४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय जमिल अन्सारी रहेका छन्।

    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ कदमा टोलमा चेकजाँच गर्ने क्रममा को९प ७४८६ मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

    उनका अनुसार फलामले बनेको उक्त पेस्तोलको नाम र नम्बर खुलेको छैन।

    उक्त पेस्तोलमा ७.६५ एमएमका पाँच थान गोली लोड गरेको म्यागजिन पनि फेला परेको छ।

    उनीहरू खनार क्षेत्रबाट भित्री बाटो हुँदै इटहरी पुगेका थिए।

    उनीहरूको गन्तव्य कहाँ थियो भन्ने खुलेको छैन।

    डिएसपी भण्डारीका अनुसार उनीहरू हतियार कारोबारी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    ‘भारतबाट हतियार खरिद गरी बिक्रीको प्रयोजनमा हिँडेको थाहा भएको छ,’ भण्डारीले भने, ‘तर, कहाँ र कसलाई भन्ने खुलिसकेको छैन।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij