शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शान्ती सुधाले नेपाल प्राथमीक बिद्यालयका ८०विद्यार्थीलाई करिब १लाख बराबरको शैक्षिक सामाग्री बितरण, ज्येष्ठ नागरिकहरुको निशुल्क श्वास्थ्य परीक्षण (भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, पुस २३, २०७६



  • निलम ओली , दाङ । शान्ती सुधा मा.बी.द्वारा नेपाल प्राथमीक बिद्यालयका ८० विद्यार्थीलाई करिब एक लाख बराबरको शैक्षिक सामाग्री बितरण गरिएको छ । घोराही उपमहानगरपालिका ५ रज्जेमा रहेको नेपाल प्राथमीक बिद्यालयका ८० विद्यार्थीलाई शान्ति सुधा आवासीय माध्यामीक बिद्यालय घोराहीद्वारा करिब एक लाख बराबरको शैक्षिक सामाग्री बितरण गरिएको हो ।

    https://www.youtube.com/watch?v=UG6vzNysnTI

    घोराही उपमहानगरपालिका ५ धर्नाको बिकट क्षेत्रमा पर्ने रज्जे मन्नामेको सामुदायीक बिद्यालय नेपाल प्राथमीक बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी शान्ती सुधा मा.बी.ले बिभिन्न शैक्षिक सामग्रीहरु र न्यानो कपडा बितरण गरेको हो । सो कार्यक्रममा प्रमुख अतिथी घोराही ५ का वडा अध्यक्ष बिष्णुमणि दाहाल हुनुहुन्थ्यो भने कार्यक्रमका सभापती बिष्णु प्रसाद बिक हुनुहुन्थ्यो । नेपाल प्राथमिक बिद्यालयका प्रअ बसन्त भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रममा शान्ती सुधा मा.बी.का प्र.अ. बिनय कुमार मिश्र ,भाइस प्रिन्सिपल बालकृष्ण डाँगी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दामोदर खनाल, बि.ब्य.स. सदस्य प्रेम शाह, प्राज्ञिक बिद्या परिसदका केन्द्रिय सदस्य कुमार शर्मा, सरस्वती मा.बी. काठेकोहलका बि.ब्य.स. अध्यक्ष बिबेक श्रेष्ठ, शेर बहादुर बिष्ट , जागरण अनलाईनका निशान दाजु भट्टराई लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले बिकट क्षेत्र रज्जे मनाम्मेको सामुदायीक बिद्यालय नेपाल प्राथमीक बिद्यालयलाई शान्ती सुधा मा.बी.द्वारा गरिएको सहयोग अतुलनीय र निकै प्रभावकारी भएको र आगामी दिनहरुमा सबैमा यस्तो सहयोगको भावना जागृत भएमा हरेक बालबालिकाको पढ्ने ईच्छा पुरा हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण शान्ती सुधा मा.बी.का भाइस प्रिन्सिपल बालकृष्ण डाँगीले गर्नु भएको थियो ।

    यसैगरी घोराही उपमहानगरपालिका ५ रज्जेमा वडा कार्यालयद्वारा ज्येष्ठ नागरिकहरुको निशुल्क श्वास्थ्य परीक्षण गरिएको छ । धर्ना श्वास्थ्य चौकीबाट गएका श्वास्थ्य प्रशिक्षकद्वारा ज्येष्ठ नागरिकहरुको निशुल्क श्वास्थ्य परीक्षण गरिएको हो । श्वास्थ्य परीक्षणगर्ने क्रममा ज्येष्ठ नागरिकहरुमा प्राय दम , सुगर , प्रेसर र ग्यास्ट्रिक जस्ता रोगहरु देखिएको घोराही ५ का वडा अध्यक्ष बिष्णुमणी दाहालले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij