प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६
काठमाडौं । गायिका आस्था राउत एक फेसबुक भिडियोका कारण विवादमा फस्दै गएकी छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालबाट प्रहरीलाई गाली गरेकी राउतले सो भिडियो केही समयपछि हटाएकी थिइन्।
तर, प्रहरीले भने उनीमाथि एक्शन लिन सक्ने बिहीबार बताएको थियो । शुक्रबार गायिका राउतले आरोप लगाएकी विमानस्थलकी महिला प्रहरी जवान रमिता श्रेष्ठले आफु र प्रहरी संगठनमाथि सामाजिक सञ्जालबाट दुर्व्यवहार गरिएको भन्दै उजुरी दिएकी छन्।
प्रहरी जवान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा जाहेरी दिएकी हुन् । विमानस्थल प्रहरी कार्यालयले उक्त उजुरी महानगरीय प्रहरी कार्यालय रानिपोखरी पठाएको छ । महानगरीय प्रहरी कार्यालयले उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
राउतले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij