आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आस्था राउतलाई दीपकराज गिरीले भने–‘प्रहरी बहिनीसँग म माफी माग्छु, तिमी पनि माग’

  • प्रकाशित मिति : शनिबार, माघ ४, २०७६



  • काठमाडौं। कलाकार तथा फिल्म निर्माता दीपकराज गिरिले विमानस्थलमा दुर्व्यवहार भएको भनिएको विवादमा गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । दीपकले फेसबुकमा एक स्टाटस लेख्दै आस्थालाई माफी माग्न सुझाव दिएका हुन् । उनले ती प्रहरी बहिनीसँग आफूले पनि माफी माग्ने बताएका छन् ।

    यस्तो छ दीपकको स्टाटस –

    प्रिय आस्था बहिनी…
    यो बिषयमा लेख्न मन थिएन तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो
    म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू
    …..समस्या कॉहाबाट आयो भने … तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो .. भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला
    तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ… सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ …. बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ
    मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् … यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ …हामि लाइ अन्याय नै भयो भने पनि
    “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ …तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो
    तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ
    आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग …. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ……!!!

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij