आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोरङमा बम विष्फोट, तीन वटा डोजरमा क्षति

  • प्रकाशित मिति : सोमवार, माघ ६, २०७६



  • विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका– १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ । निर्माणाधीन उर्लाबारी किशान चोक–रमिते सडकमा राखिएको डोजरमा आगजनी र बम बिस्फोट भएको हो । आगजनीमा ३ वटा डोजर जलेका छन् ।

    आइतबार राति करिब १० बजे विस्फोट भएपनि प्रहरीको अनुसन्धान टोली भने सोमबार बिहान मात्र सो स्थानमा पुगेको थियो । घटना स्थल पुगेर फर्किएका मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले तीनवटा डोजर जलेको बताए । स्थानीयलाई उद्दत गर्दै उनले तीनवटा बम विष्फोट भएको बताए । उनले विप्लव समूहको संलग्नता रहेको हुनसक्ने बताए ।

    १ नम्बर प्रदेश सरकारको ५८ करोड बजेटमा सो सडक निर्माणका लागि शर्मा एण्ड भिमेश्वर जेभी कण्ड्रक्सनले ठेक्का लिएर काम अघि बढाएको थियो । ठेकेदार कम्पनीका प्रतिनिधि सहदेव खडकाका अनुसार आगजनीबाट साढे तीन करोड बराबरको क्षति भएको छ । उनले भर्खर खरिद गरेका नयाँ डोजरमा आगजनी भएको बताए ।

    ठेकेदार कम्पनीलाई केही समय अघि अज्ञात समूहले चन्दा मागेको थियो । तर नदिएका कारण बिष्फोट गराएको हुनसक्ने प्रहरीले बताएको छ ।

    घटनाको अनुसन्धान भइरहेको बताउँदै मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले आगजनीको कारण चन्दा हुनसक्ने बताए । चन्दा कसले माग गरेको भन्ने विषयमा केही नखुलेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij