प्रकाशित मिति : मङ्लबार, माघ ७, २०७६
निलम ओली, दाङ । ५/६ महिना पहिले सडक डीभिजन कार्यालय दाङमा सरुवा भएर आउनु भएका प्रमुख ईन्जिनियर (डी.ई.)जितेन्द्र चौधरीले दाङका जन्तालाई दुख दिदा दिदैँ आफैं कालोमोसो र जुत्ताको माला उपहार पाउनुभएको छ। उहाँले दाङ सडकमा ६ महिना बस्दा लगातार ६ दिन पनि कार्यालयको काममा नखटीई कसरी कमिसन आउँछ र कसरी नेतालाई रिझाउन सकिन्छ भन्ने कुरामा लागेको उहाँको गतिविधिबाट प्रष्ट देखिएको जानकारहरुको भनाई छ। चौधरीले ठेकेदार कम्पनी र आफ्ना सहकर्मी देखि तलसम्म जंगे शासन लगाउन खोजेको कार्यालयका कर्मचारीले बताएका छन् ।
ईन्जिनियर चौधरीले गरेको लापरबाहीले दाङमा निर्माधिन दर्जनौं पुलहरु र सडक अलपत्र छन् । पुल र सडक निर्माणकार्य समयमा बनाउनुको साटो तपाईंले किन लापरबाही गर्नुभएको भनेर सोध्दा सडक डीभिजन प्रमुख चौधरीले उल्टो सोध्ने पत्रकारलाई पुर्बाग्रही भएको भन्नुभएको थियो भने आबस्यक कामकारबाहीमा आफुले गरेको बताउनुभयो । स्थानीय समाजसेवी भुप बहादुर डाँगीले सधै प्रमुख ईन्जिनियर चौधरी कार्यालयमा नबस्ने र केन्द्रमा नेताहरुको दौडधुप गर्ने गरेको बताउँनु भएको छ । त्यसैगरी युबा समाजसेवी बिरेन्द्र खड्काले पनि सडकका प्रमुख ईन्जिनियरलाई पटकपटक भेट्न जाँदा कहिल्यै भेट्न नपाईने सधै काठमाडौ बस्ने गरेकोले यहाँका बिकास निर्माणकार्य ढिलाइ भएको उहाँको धारणा छ ।
यहीँ २०७६पौष १२ गते भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयले प्रमुख ईन्जिनियर चौधरीको सगरमाथा राजमार्ग गाईघाट सडक योजना उदयपुर जिल्लामा सरुवा गरेको छ भने उहाँको स्थानमा नुवाकोट सडक डीभिजन कार्यालयबाट प्रमुख ईन्जिनियर निरज शाक्यलाई ल्याएपछि पौष २७ शाक्य दाङ सडकमा हाजिर हुनुभएको थियोे ।
सरुवा भएका जितेन्द्र चौधरी बिदाई भएर जाने तयारीमा रहेका बेला यहीँ गएको पौष २७ गते बेलुकी ४:१० बजेको समयमा एकाएक चौधरीलाई दाङमा बस्दा गरेका विभिन्न १५ वटा कमिकम्जोरीहरु औंल्याउँदैँ जिल्ला परीषद दाङले संगै रहेका अरु कर्मचारीलाई एउटा कोठामा थुनेर जनकारबाही भनी कालोमोसो र जुत्ताको माला लगाईएको छ।
लापरबाही गरि बिकास निर्माणकार्य ढिलासुस्तीले जितेन्द्र चौधरीलाई जस्तो अहिले सरुवा भएर आउनु भएका प्रमुख ईन्जिनियर शाक्यले भोग्नु नपरोस् जिल्लामा उहाँलाई राम्रो काम गर्ने अबसर मिलोस अब संम्पुर्ण दङ्गाली बिकासको पर्खालमा छन् त्यस तर्फ सडक डीभिजन प्रमुखको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।
यो घटनाको बारेमा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाललाई सोध्दा प्रमुख ईन्जिनियर चौधरीको आफ्नो लापरबाही र गैरजिम्मेवार कारणले यो अबस्थाको शृजना भएको बताउनुभयो । घटना भएको केहि क्षणमा सडक डीभिजन कार्यालयमा पुगेका रिजालले कार्यालयका भौतिक पुर्बाधार देखि सबै लथालिङ्ग रहेकोे पाईएको अनि कुनै पनि ब्यबस्थापनमा चुस्तदुरुस्त नरहनु नै उहाँको कमजोरी भएको प्र जि अ रिजालको भनाई छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij