आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला

  • प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६



  • मेलम्ची । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला आज परेको छ ।

    गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडाँै जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटिएका हुन् ।

    उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृत अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

    उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोंचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा उनीहरुको शव फेला पारेको थियो ।

    मृतक दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन् । गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजी कार्य तीव्र पारिएको थियो ।

    हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टे फेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पासहितको उद्धार टोली सो क्षेत्रमा पुगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij