आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनलाइन सपिङको नाममा ठगी धन्दा, ६८ लाखसहित ८ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६



  • विराटनगर । काठमाडौं बसोबास गर्दै आएकी छत्रकुमारी धमलाले सनराइज बैंकमा खाता खोलेकी थिइनन् । तर उनको नाममा खुलेको खाताले ठगी गरेको उजुरी महानगरीय अपराध महाशाखासम्म पुग्यो । उजुरी परेपछि अनुसन्धान गर्दा धमलाको नाममा खुलेको खाता बन्द भएको भेटियो ।

    ठगी उजुरीको छानविनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि मात्र धमलाले आफ्नो नाममा खाता खुलेको जानकारी पाइन् । अनुसन्धानका क्रममा विराटनगरबाट उनको नाममा बैंक खाता मात्र खुलेको थिएन् एनसेल सीमकार्ड पनि निकालिएको थियो । ठगी मुद्दामा धमला जिल्ला अदालत काठमाडौंको आदेशपछि गत कात्तिक २७ गते ५० हजार धरौटीमा छुटिन् ।

    धमलाको नागरिकताको फोटोकपी प्रयोग गरी विराटनगरबाट बैंक खाता र सीमकार्ड निकालेको पाइएपछि काठमाडौं प्रहरीको समन्वयमा मोरङ प्रहरीले अनुसन्धान सुरु गर्यो । अनुसन्धानका क्रममा गत पुस ३ गते विराटनगरको सिभिल बैंकको एटीएम अगाडि संकास्पद गतिविधि गरिरहेका शिवजी खड्का पक्राउ परे । खड्कामाथि अनुसन्धान गर्दा धमलाको नाममा खाता खोल्ने र सीमकार्ड निकाल्ने व्यक्तिको पहिचान खुल्यो ।

    खडकामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अनलाइन सपिङका नाममा ठगी धन्धा चलाइरहेको समूहलाई पक्राउ गरेको छ । नाइके भनिने निरञ्जन आचार्यसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    डेढ करोड भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले ठगी गर्ने गिरोह भारतसम्म रहेका कारण रकम बढ्न सक्ने बताएको छ । मोरङ प्रहरी प्रमुख विश्व अधिकारीले पक्राउ परेकाहरुको साथबाट करिब ६९ लाख नेपाली रुपैयाँ, सरकारी स्ट्याम, भन्सारका कागज, सीमकार्ड, चेकबुक र एटीएम बरामद भएको बताए ।

    पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा गाउँपालिका– ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीया देवी चौलागाई, मोरङ सुन्दरहरैचा नगरपालिका– ३ बस्ने विशाल अर्याल भनिने निरन्जनप्रसाद आचार्य, धरान उपमहानगरपालिका– २० विष्णुपादुका बस्ने २० वर्षीया भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीय सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन् ।

    प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेकाहरु मध्ये मुख्य नाइके निरञ्जन हुन् । वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिँदै सम्पर्क विहीन हुने निरञ्जनले अन्य ७ जनालाई परिचालन गर्दै आएका थिए । आचार्यले युवतीहरुलाई भने बैंक खाता खोल्नका लागि मात्र प्रयोग गरेका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएका थिए ।

    निरञ्जनको समूहको नेटवर्क भारतमा रहेको प्रहरीले दाबी गरेको छ । निरञ्जनले आफू भारतीय एजेण्टको कर्मचारी भएको बताएका कारण यो समूहको नेटवर्क भारतमा पनि भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आचार्यले विभिन्न बैंक मार्फत एक करोड भन्दा बढी रुपैयाँ भारतीय पक्षलाई बुझाएको स्वीकार गरेका छन् । उनले प्रत्येक अर्डरमा आफ्ना लागि ५ प्रतिशत कमिसन मात्र आउने बताएका छन् ।

    भारतीय आधारकार्ड पनि बनाएका आचार्यको नेपाल र भारतमा बैंक खाताहरु छन् । उनले १७ जना व्यक्तीको ७८ वटा छुट्टा छुट्टै बैंक खाता खोलेका छन् । प्रहरीका अनुसार निरञ्जको मात्र ११ वटा बैंक खाता छन् । वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा वैंक खाता रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुले नाम परिवर्तन गर्दै एउटै बैंकमा तीनवटासम्म खाता खोलेका छन् । पक्राउ पर्ने डरले ग्राहकले जम्मा गरेको पैसा निकालेपछि उनीहरुले ती बैंकका खाता बन्द गर्दै आएका थिए । युवतीहरुलाई एक वैंकमा खाता खोलेबापत २ हजार रुपैयाँ दिने चेक आफू प्रयोग गर्दै आएका थिए । यसरी खोलेका खाताहरु ग्राहकबाट पैसा उठाइसकेपछि भने बन्द हुने गरेका थिए ।

    ग्राहकबाट बैंकमा जम्मा भएको रकम निकाल्नका लागि शिवजी खड्का र देवी चौलागाईलगायतलाई प्रयोग गर्दै आएका थिए । आचार्यले भने भारतीय बैंकहरुमा पैसा जम्मा गर्ने गरेका थिए ।

    प्रहरीले खड्काको साथबाट ४२ हजार ५ सय, कोठाबाट ७ लाख १३ हजार रुपैयाँ बरामद गरेको थियो । निरञ्जनको साथबाट २६ हजार नगद र उनका जेठानले जम्मा गरेको ४१ लाख ९८ हजारसहित जम्मा ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो ।

    अनुसन्धानका क्रममा खड्का र आचार्यको घर र कोठाबाट २५ वटा नेपाली र पाँच भारतीय बैंकका सिमकार्ड भेटिएको थियो । ५८ वटा बैंकका चेकबुक र १५ वटा खाली चेकबुक पनि भेटिएको थियो । त्यस्तै सरकारी नक्कली कागज पनि फेला परेको थियो ।

    ठगी गर्ने गिरोहमा भारतीयहरुको सञ्जाल पनि सक्रिय छ । प्रहरीले भारतमा बसेर नेपालमा गिरोह सञ्चालन गर्नेहरुमा मिश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश विश्वास जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्तीहरु संलग्न रहेको प्रहरीले बताएको छ ।

    पक्राउ परेकाहरुलाई मलुकी अपराधसंहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउन लागिएको अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij