आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दौरा सुरुवाल सजिए सापकोटा

  • प्रकाशित मिति : मङ्लबार, माघ १४, २०७६



  • काठमाडौँ । सामान्यता कोट र पाइन्ट लगाउने अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएपछि दौरा सुरुवालमा सजिन थालेका छन् ।

    सोमबार राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने क्रममा राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएका सापकोटा आज सदन चलाउन पनि त्यही पोशाकमा उपस्थित भए ।

    सापकोटाले राष्ट्रिय पोशाक लगाएकामा सम्मान प्रकट गर्दै बधाई तथा शुभकामना दिनेहरु पनि उत्तिकै भेटिएका थिए ।

    राष्ट्रिय पोशाकको प्रवद्र्धन गरेरै गरिमा बचाएकामा प्रसन्नता व्यक्त गर्दै सामाजिक सञ्जालमा समेत उनको प्रशंसा भइरहेको छ । गत पुस ३ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सभामुख नहुँदा ‘गुल्जार’ बन्न सकेको थिएन । जनताको दर्जनौँ एजेण्डा सदनमा बहस हुन नसक्दा ओझेल परेका थिए । सरकारको काम कारबाहीमा गुनासो गर्ने प्रतिपक्षीदेखि नागरिकको आवाज सदनमा बुलन्द हुन सकेको थिएन ।

    नवनिर्वाचित सभामुखले आज दिएको मन्तव्यले थप ऊर्जा प्रदान गरेको छ । जनताका समस्या सदनमा छलफल हुन्छ, त्यहीँबाट निकास समेत निस्कन्छ भन्ने भावना समेत जागृत भएको छ । सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई उचालेर नियमित कानूनअनसार कारबाहीको माग गर्ने समूहसमेत सभामुख सापकोटाको शालिनापूर्वकको ‘इन्ट्री’ले पक्कै केही सिकाएको हुनुपर्छ ।

    सदनको शीर्ष स्थानमा रहेर सापकोटाले आज दिएको अभिव्यक्ति र मन्तव्यले पनि उनको आशनप्रतिको जिम्मेवारी इंगित गर्छ । धेरैले उनलाई दिएको ‘अग्नि सर’ को उपनामलाई समेत सार्थक तुल्याएको प्रतिनिधिसभाको आजको बैठकमा अनुभूत गर्न सकिन्थ्यो ।

    सभामुख सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट मात्रै पारेनन् आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
    उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । उनले नेपालको परिवर्तनकामी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण शहिद, घाइते योद्धा र बेपत्ता नागरिकको स्मरण गरेर आफ्नो धरातलको स्मरण गरे ।

    उनले भने, “देश र जनताको सरोकारका विषयमाथि छलफल गर्न प्रयाप्त र समुचित वातावरण बनाई सभालाई जीवन्त र राख्न मेरो ध्यान केन्द्रित हुनेछ ।” उनले जनताको अपेक्षा, राष्ट्रिय चाहना अनुसार सदनलाई जिम्मेवार बनाउने प्रतिबद्धता मात्रै व्यक्त गरेनन् संस्थाको गरिमा बचाउने तर्फ पनि लाग्ने उल्लेख गरे । सभामुख सापकोटाले भने, “जननिर्वाचित यस संस्थाको गरिमालाई अझ उँचो बनाउनका लागि म भगिरथ प्रयत्न गर्नेछु ।” उनले सभाको गरिमालाई कायम राख्नका असल अभ्यास र परम्पराको समेत अनुसरण गर्ने दृढता व्यक्त गरे । उनले जोड दिएर भने, “विगतका असल अभ्यासको अनुसरण गर्दै प्रतिनिधिसभालाई सफलतासम्म पु¥याउने मेरो प्रयत्न रहनेछ । मेरा प्रतिबद्धतालाई व्यवहारमा रुपान्तरण गर्ने कार्यलाई सबै दलको नेतृत्वगण र माननीय सदस्यबाट पूर्ण सहयोग प्राप्त हुनेमा म पूर्ण रुपमा विश्वस्त छु ।”

    विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन, संविधान निर्माण हुँदै कार्यान्वयनको प्रक्रियासमेत अगाडि बढेको सन्दर्भमा विगतमा जनयुद्धकालीन विषयलाई सम्बोधन गर्न सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोग गठन भइसकेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइसकेको सन्दर्भमा युद्धकालीन मुद्दालाई उचालेर केहीले सापकोटाको ‘तेजोबोध’ गर्न खोजेको आरोप पनि लागेको छ । त्यसोतः सापकोटाले सोमबार नै लोकतन्त्रमा सामान्य विरोध हुने भन्दै आफूमाथि उठेका प्रश्नको समयले नै जवाफ दिने स्पष्ट पारिसकेका छन् ।
    सभामुख सापकोटाले सोमबारदेखि नै लागू हुने गरी नेकपाको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij