आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली भूमिबाट भारतीय सेना हटाउने पहल सुरु भइसक्यो : नेकपा

  • प्रकाशित मिति : बुधबार, माघ १५, २०७६



  • १५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिबाट भारतीय सेना हटाउने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल सुरु भइसकेको बताएको छ ।

    राजधानीमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ ।’

    राजनीतिक र कुटनीतिक सम्वादमार्फत भारत सरकारसँग नक्सा सच्याउन पहल सुरु भएको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

    ‘लिम्पियाधुरासम्मै नेपाल हो’

    नेकपाको राजनीतिक प्रतिवेदनमा पश्चिम नेपालको सीमा नदी लिम्पियाधुरा मुहान भएको काली नदी नै भएको उल्लेख छ । ‘हाम्रो पार्टी र सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।’

    सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका नाबी, गुन्जी, गब्र्याङ, कुतीलगायतका सम्पूर्ण भूभाग नेपालको हो । सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली नदी पश्चिममात्रै भारत हो ।

    सीमा बचाउ अभियानले गत मंसिर पहिलो साता लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेर सरकारलाई बुझाइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij