आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

न्यायाधीश कुमार रेग्मी र विष्णु पौडेलका छोरा नवीन अब सरकारी साक्षी !

  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०७६



  • ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जना व्यक्तिमाथि बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा जग्गा फिर्ता लिने प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गर्‍यो ।

    अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दै गर्दा धेरैको नजर नेकपाका महासचिव विष्णु पौडेलको सम्बन्धमा के गर्ला भन्नेमा केन्द्रीत थियो । तर, अख्तियारले बुधबार दायर गरेको मुद्दामा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मी र नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि प्रतिवादी बनाएर मुद्दा नै चलाएन ।

    अन्य सबैजसो व्यक्ति प्रतिवादीका रुपमा प्रस्तुत गरिँदा आखिर कुमार रेग्मी र नवीन पौडेललाई किन बचाइयो त ?

    अधिकांश नागरिकको साझा प्रश्न र आशंका हो यो । अहिले नेकपाकै सरकार बहुमतमा रहेको छ र कुमार रेग्मी सर्वोच्च अदालतमा बहाल छन् । त्यसैकारण सत्ता र शक्तिकै कारण नवीन पौडेल र कुमार रेग्मीमाथि मुद्दा नचलाइएको आशंका गर्न थालिएको छ ।

    यता अख्तियारले मुद्दा दायर गर्दैगर्दा ६५ जना व्यक्तिलाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउँदा पनि रेग्मी र पौडेललाई भने छुट दिइयो । उनीहरुले जग्गा फिर्ता गर्नेगरी अख्तियारका अनुसन्धान अधिकारीसमक्ष बयान गरेको र लिखित निवेदन नै दिएको भन्दै उनीहरुमाथि मुद्दा नचलाइएको अख्तियारको ‘टिप्पणी’मा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij