प्रकाशित मिति : आइतवार, माघ २६, २०७६
चितवन। चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।
निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो। मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए।
भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए। चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडा योसँगै १५ पुगेको छ। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij