आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई दशकदेखि बन्द विमानस्थलमा तारजालीले घेर्ने काम सुरु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ११, २०७६



  • मझगाउँमा झण्डै दुई दशकदेखि बन्द अवस्थामा रहेको विमानस्थलको बाहिरी घेरबारको काम शुरु गरिएको छ ।

    विमानस्थल वरिपरिको करिब १५ सय ३६ मिटर क्षेत्रफलमा तारजालीले घेरबार लगाइने भीमदत्त नगरपालिले जनाएको छ ।

    सांसद विकास कोष र भीमदत्त नगरपालिकाको सहयोगमा ४२ लाख ४० हजार लागतमा आगामी वैशाखभित्र काम सम्पन्न गर्ने गरी पदम कन्ट्रक्सनसंग सम्झौता भएको छ ।

    गौचरणमा परिणत भइरहेको विमानस्थल सञ्चालनका लागि घेरबारको काम सुरु भएसँगै स्थानीय खुशी भएका छन् ।

    पछिल्लो समय विमानस्थल सञ्चालनका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको प्राविधिक टोलीले मझगाउँ विमानस्थलको निरीक्षण गरी संचालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने जनाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij