आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तस्करले कमाएको ६ अर्ब ७१ करोड रुपैयाँ हरायो

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १३, २०७६



  • काठमाडौं। एक लागूऔषध डिलरले गाँजा खेती र बिक्री गरेर कमाएको ५ करोड ४० लाख युरो (६ अर्ब ७१ करोड नेपाली रुपैयाँ) बराबरको बिटक्वाइन हराएका छन् । उनले यो रकमको एक्सेस कोड एउटा कागजमा लेखेर आफ्नो माछा मार्ने बल्छीसँग लुकाएर राखेका थिए जो अहिले हराएको छ ।

    आयरल्याण्डको राजधानी डब्लिनका ४९ वर्षका क्लिफ्टन कोलिन्सले यो बिटक्वाइनमध्ये धेरैजसो २०११ देखि २०१२ को बीचमा किनेका थिए । उनले यो बिटक्वाइन किन्न आफूले गाँजा खेती र बिक्री गरेर कमाएको पैसा प्रयोग गरेका थिए । त्यसपछिका वर्षहरुमा यो अनलाइन क्रिप्टोकरेन्सीको मूल्य बढ्दै गएको थियो ।

    २०१७ सम्ममा उनीसँग एउटै खातामा ६ हजार बिटक्वाइन पुगेको थियो । त्यसपछि उनले यो रकम ह्याकरहरुले चोर्न नसकुन् भनेर १२ वटा खातामा बाँडेर राख्ने निर्णय गरेका थिए । आइरिश टाइम्सका अनुसार उनले १२ वटा खातामा प्रत्येकमा ५०० बिटक्वाइनका दरले राखेका थिए । एउटा खाताको ५०० बिटक्वाइनको मूल्य ४.५ मिलियन युरो बराबर थियो ।

    कोलिन्सले सबै १२ वटै खाताका एक्सेस कोडहरु एउटा कागजमा प्रिन्ट गरेका थिए । उनले यो कागजलाई आफ्नो बल्छीसँगै बल्छीको बाकसभित्र लुकाएका थिए । तर, २०१७ मा उनी गाँजाको साथमा पक्राउ परेपछि उनलाई ५ वर्षको जेल सजाय भयो । उनी जेल पुगे भने उता उनी बस्ने घरका मालिकले घरका केही भाग भत्काएर मर्मत गरे । यस क्रममा घरमालिकले त्यहाँ भएका सामानसमेत हटाउन लगाउँदा उनले कोड लेखेको कागज पनि हरायो ।

    उनका अधिकांश सामानहरु थोत्रो हालतमा रहेकोले फोहरको रुपमा फालिएका थिए । यरी सफाइ गर्न खटाइएका कामदारले बल्छीको बक्स कतै देखेको वा फालेको सम्झिन सकेका छैनन् । बल्छीको बक्स अहिलेसम्म भेटिएको छैन । अब उनको बिटक्वाइनका खाताहरु ती एक्सेस कोडबिना खोल्न सकिँदैन जसका कारण उनको बिटक्वाइन प्रयोग गर्न मिल्दैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij