आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुघाखोकीको लक्षण देखिए अस्पताल जान स्वास्थ्य मन्त्रालयको आग्रह

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २०, २०७६



  • काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विमानस्थलको जनशशक्ति समेत दोब्बर पारिएको बताए । एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उनले बताए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको बताएका छन् । दक्षिण कोरियाबाट फर्किएका ७ जना नेपाली नागरिकहरुमा सामान्य लक्षण देखिएपछि आइसोलेसनमा राखिएको उनले बताए । २ जना घर फर्किसकेका छन् भने ५ जनाको रिपोर्ट मंगलबार आउनेछ ।

    वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिलेपनि निर्वाध रुपमा आवत जावत गरिरहेको बताए । विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उनको भनाई छ ।

    मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन् । ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुर्‍याउन पनि आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij