आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०७६



  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज बिहान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए।

    शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। युरोलोजिस्ट डा. उत्तम शर्मा, डा. प्रेम ज्ञवाली, डा. पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायतको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछ।

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्तकुमार पनि सहभागी हुनेछन्। भारतीय चिकित्सक डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति लिइसकेका छन्।

    निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने जानकारी दिँदै समय भने सर्जनहरूको टोलीले निश्चित गर्ने बताए। मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि चलाउन थालिसकेको बताउँदै उनले मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने नियमित डाइलासिस भइसकेको जानकारी दिए। डा. खड्गाका अनुसार प्रधानमन्त्री ओलीको क्रसम्याच, नियमित परीक्षण, विशेषज्ञहरूबाट हुने परीक्षण पनि भइसकेको छ।

    प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला पनि मङ्गलबार अस्पताल भर्ना भएकी छन्। उनको पनि स्वास्थ्य परीक्षण गरिएको डा. खड्गाले जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै उहाँले प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न चार घण्टासम्म लाग्ने बताए।

    अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआइपी क्याबिनको ६०१ नम्बरमा प्रधानमन्त्री ओलीलाई राखिएको छ। निर्देशक डा. खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी २० जना खटिने जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij