आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी १२ वर्षपछि पक्राउ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २५, २०७६



  • बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि पक्राउ परेका छन् ।

    गएराति विशेष सूचनाको आधारमा बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेका हुन् ।

    २०६४ साल कार्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओबादी कार्यकर्ताले अपहरण गरेका थिए ।

    साहसंगै मोटरसाईकलमा गएका उनका सहयोगी रामकुमार दासलाई कुटपिट गरी मोटरसाईकलसहित पिपरा नजिकैको जंगलमा हातमुख बाँधेर छोडेका थिए ।

    अपहरित पत्रकारको अवस्था सार्वजनिक गर्न अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्न थालेपछि खोजतलास गर्दैजाँदा अपहरणको झण्डै एक महिनापछि प्रहरीले पत्रकार बिरेन्द्र साहको शव फेला पारेको थियो ।

    बाराको पिपरा गाउँबाट करीव ६ किलोमिटर टाढा जंगलमा खाल्डो खनेर पुरिएको अवस्थामा पत्रकार साहको शव प्रहरीले बरामद गरेको थियो ।

    साहको हत्यामा संलग्न रहेको आरोपमा माओबादी कार्यकर्ता हरेराम पटेल लगायत दुई जनालाई यस अघिनै प्रहरीले पक्राउ गरिसकेको थियो ।

    १२ बर्षपछि पक्राउ परेका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदारलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले बताएका छन् ।

    स्वर्गीय पत्रकार बिरेन्द्र साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाईम दैनिक र तत्कालीन मनकामना एफएम हेटौंडाको सम्बाददाता थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij