आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसईई परीक्षा सर्न सक्ने स्वास्थ्यमन्त्रीको संकेत !

  • प्रकाशित मिति : आइतवार, चैत्र २, २०७६



  • काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्नसक्ने संकेत गरेका छन् ।

    आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले उक्त संकेत गरेका हुन् ।

    ‘एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपछ, त्यसमा कुनै दुविधा रहेन तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ’, मन्त्री ढकालको भनाइ छ । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे ।

    एसईई परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यतालिका छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij