आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्ने

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ७, २०७६



  • व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका छन् ।

    सरकारद्वारा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भने, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न हामीले पसल खोल्दैछौँ, सुरुमा उपत्यकाका पाँच स्थानमा खोलिने तयारी भएको छ, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलगायतका निकायलाई पसल खोल्न दिइने सहमति भएको छ, पसल एक÷दुई दिनमै सञ्चालनमा आउने छन् ।

    ती पसलको मूल्य सस्तो हुने र उपभोक्ताले सही मूल्यमा सहज तरिकाले सामग्री पाउने मन्त्री भट्टको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij