आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाको उपचारमा खटिने चिकित्सकलाई शत प्रतिशत प्रोत्साहन भत्ता

  • प्रकाशित मिति : आइतवार, चैत्र ९, २०७६



  • काठमाडौ । सरकारले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ ।

    आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ ।

    त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् ।

    त्यसैगरीमन्त्रिपरिषद बैठकले भारत र चीनसँग जोडिएका सवै सिमा नाकाबाट यात्रु आवागन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री खतिवडाका अनुसार चैत १० गते १० बजेदेखि सिमाबाट यात्रु आवागमन रोक्ने निर्णय भएको हो । जुन चैत १६ सम्म लागु हुनेछ । त्यस्तै सरकारले कोरोना उपचारका लागि थप एक अस्पताल तोकेको छ ।

    यसअघि टेकु, बीर वीपी धुलिखेल तोकिएकोमा अव चन्द्रागिरीस्थित सशस्त्र प्रहरीको अस्पताललाई पनि कोरोना उपचारका लागि तोककिएको हो ।

    सरकारका प्रवक्ता समेत रहेका खतिवडाले भारत र चीनबाट कोरोना उपचारका लागि चिकित्सक बोलाउनुपर्ने अवस्था नरहेको पनि जानकारी दिएका छन् । उनले ल्याव र परीक्षण गर्ने किट ल्याउने बारेमा छिमेकी मुलुक भारतसँग कुराकानी भइरहेको जानकारी दिए । आजको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न निर्णय पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij