आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफूलाई ठूलो समाजसेवी देखाउन रौतहटमा जनप्रतिनिधिद्वारा लकडाउन उल्लंघन

  • प्रकाशित मिति : बिहिबार, चैत्र १३, २०७६



  • विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको उल्लंघन गर्न रौतहटका निर्वाचित जनप्रतिनिधि नै लागिपरेको देखिएको छ ।

    कोभिड१९ अर्थात कोरोना रोगको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा अन्य विकल्प नहुँदा सरकारले गत ११ गते देखी १८ सम्म लकडाउनको घोषणा गरेको थियो ।

    लकडाउनको अवधिमा अत्यावशयक काम बाहेक सबैलाई घरभित्र बस्न सरकारले आह्वान गर्दै आएको छ ।

    तर, पछिलो समय रौतहटका निर्वाचित जनप्रतिनिधिहरुले मास्क र साबुन वितरणको नाममा सैयौं मानिसलाई एक ठाँउमा जम्मा गर्ने गरेका छन् ।

    त्यस्ता गतिबिधी हेरेर विरोध गर्नुको सट्टा जनप्रतिनिधिले भेला गरेको भीडभाडलाई स्थानीय प्रहरीले नै सघाउने गरेको देखिएको छ ।

    रौतहटको उत्तरीभेग फतुवा बिजयपुर नगरपालिका वडा १ का अध्यक्ष संजय साह र देवाही गोनाही नगरपालिका वडा ६ का अध्यक्ष अनिल कुमार झाको अगुवाईमा बुधवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी स्थानीयहरुलाई मास्क र साबुन बितरण गरीएको थियो ।

    फतुवा बिजयपुर वडा १ मा हिजो १५६० मास्क र ४०० साबुन बितरण गरीएको छ । उक्त अवसरका उपमेयर कान्तीदेवी महतो, इलाका प्रहरी कार्यालय बिजयपुरका ईन्सपेक्टर चन्द्रकिसोर साह लगायतको उपस्थिती रहेको थियो । उता देवाही गोनाही नगरपालिका वडा ६ मा कुल ११ सय २० डेटोल साबुन र ६ सय थान मास्क बितरण गरीएको थियो ।

    जिल्लाको पूर्वीभेग बृन्दाबन नगरपालिका वडा ५ का अध्यक्ष सुबोध झाको अगुवाईमा बुधवार सैयौं स्थानीयलाई एकठाँउमा जम्मा गरेर मास्क, सेनिटाईजर र साबुन बितरण गरीएको थियो ।

    उक्त अवसरमा जनप्रनिधिहरुका साथै सुरक्षादिने प्रहरीको उपस्थिती देखिएको थियो । यी तिनवटा उदाहरण मात्र हुन् हिजो आज जिल्लाको १८ वटै स्थानियतहरुमध्ये अधिकांशमा मास्क, साबुन, सेनिटाईजर बितरणको नाममा दैनिक यस्तै सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्ने काम भईरहेको छ ।

    जनप्रतिनिधीले मास्क, साबुन, सेनिटाईजर वितरण गर्दा सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्ने र कोरोना भाइरसबाट बचाउँन पहल गरेको बताउँछन् र उपस्थित जनसमुदाय र प्रहरीले ताली बजाउँछन् । यस्ता गतिविधि रोकिदिने कोही हुँदैन ।

    यता, मोटरसाईकल लिएर बाटोमा निस्किँदा लकडाउन उलंघन भयो भनेर रौतहटमा प्रहरीले बुधवार मात्रै चारसय बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

    अर्कोतर्फ जनप्रतिनिधिले नै मास्क, साबुन, सेनिटाइजर बितरणको नाममा सैयौं मानिसलाई एकठाँउमा जम्मा गर्नु कोरोना भाइरसको जोखिम बढाउनु हो ।

    महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण रोक्ने अन्य कुनै विकल्प नभएकै कारण सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउनको उद्देश्य सफल बनाउन सरकारले सबै जनशक्ति खर्चिनुुका साथै जनप्रतिनिधिबाट पनि सहयोगको अपेक्षा राखेको छ ।

    तर, सरकारको सानो लगानीमा मास्क, सेनिटाइजर, साबुन बितरण गरेर फोटो, भिडिओ सामाजिक संञ्जालमा राखेर आफू ठूला समाजसेवी देखाउने जनप्रतिनिधिको होडले रौतहटमा कोरोनाको थप जोखिम बढेको जानकारहरुले बताएका छन् ।

    जिल्ला समन्वय समितिका उपसभापति रामअशिस यादवले सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा कुनै पनि बहानामा सैयौं मानिस एक ठाँउमा जम्मा गर्नु मानबिय संबेदनाविपरित गरेको बताएका छन् ।

    गाँउपिच्छे एक एकजनालाई खटाएर घर घरमै मास्क, सेनिटाइजर अथवा साबुन पुर्याउन सकिने स्थानमा जनप्रतिनिधिले गरीरहेको गतिबिधी रोक्न स्थानिय प्रशासन गम्भिर हुनुपर्ने उपसभापति यादवको भनाई छ ।
    रौतहटका सिडिओ बाशुदेव घिमिरेले मास्क, सेनिटाइजर, साबुन बितरणको नाममा लकडाउनको उद्देश्यविपरित कृयाकलाप रोक्न तत्काल पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij