प्रकाशित मिति : मङ्लबार, चैत्र १८, २०७६
पानी उद्योगीहरुले लकडाउनमा खटिएका प्रहरीलाई निःशुल्क पानी वितरण गरेका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको २ साता लामो लकडाउनका क्रममा सडकमा खटिएका प्रहरीलाई व्यवसायीले निःशुल्क पानी वितरण गरेका हुन् ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा पानी उद्योग सञ्चालन गर्दै आएका व्यवसायी सन्नी केसीले लकडाउनमा खटिएका प्रहरीलाई पिउने पानीको समस्या देखेपछि सहयोग गरेको जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij