आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सैनामैनामा राहत वितरण सुरु…. खुलाईयो बन्द क्लिनिक र मेडिकल

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २१, २०७६



  • टिका खरेल
    चैत्र २२ सैनामैना

    सैनामैनामा सङ्कलन गरेकोे राहत धमाधम आजदेखि वितरण सुरु गरेको छ । सैनामैना नगरपालिकाको ११ वटै वडा कार्यालयले व्यक्तिगत रुपमा सङ्कलन गरेको विभिन्न खाद्यान्न वितरण गरेको सैनामैना ६ का वडाध्यक्ष बसन्त पाण्डेले जानकारी दिनुभयो ।

    वडाका दलित समुदायका विपन्न परिवार लगायत ५५ परिवारलाई १० किलोग्राम चामल, १ किलोग्राम नून र १ लिटर खाने तेलका दरले वितरण गरिएको जानकारी दिनु भयो ।

     

    दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर राहत वितरण गरिएको सैनामैना ७ का वडा अध्यक्ष डिलाराम बेलबासेले जानकारी दिनु भयो । राहत पाएसंगै केही परिवार धेरै भावुकसंगै आखा रसाएको ढुश्य देखिएको थियो । साक्षर भगवान नै आएको प्रक्रिया समेत दिएका थिए ।

    बिपदको समयमा खाध्यन्न पाएकोमा बाच्ने आधार भएको सैनामैना ७ का जुठे थारुले बताउनु भयो । स्थानिय सरकार रहेको र दुखमा साथ दिने महसुस समेत भएको थारुको प्रतिक्रिया थियो ।

    सैनामैना नगरपालिकाले आफ्ना ११ वटा वडा कार्यालयमा विपद तथा प्रकोप व्यवस्थापन कोषबाट वितरण गर्ने राहत सबै वडा कार्यालयमा पठाउने तयारी गरिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । सबै वडा कार्यालयका लागि १२० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल, नून, १२०० लिटर तेल र १२०० थान साबुन वडा कार्यालयमा पठाउने गरी ब्यवस्था मिलाईएको समेत कार्कीले जानकारी गराउनु भयो । यसका लागी सैनामैनामा राहत बितरण समिति बनेको र समितिको बैठक राखी आवश्यक कार्य योजना बनाईएको समेत बताउनु भयो ।

     

    नीजि मेडिकल खोल्न निर्देशन र अनुगमन

    सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक खुला राख्न नगरपालिकाले आज निर्देशन दिएको छ । नगरपालिकाका उप–प्रमुख विना रानाको संयोजकत्वमा बसेको नगर स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्देशन दिए लगतै नगर भित्रका निजि क्लिनिक, मेडिकल र अस्पतालमा अनुगमन गरिएको हो ।

    केही बन्द क्लिनिकहरुलाई तत्काल खुलाईएको थियो । उहाँले अब आर्को पटकको अनुगमनको क्रममा मेडिकल खुला नभएको पाइए कारवाही हुने चेतावनी दिनुभयो ।

    अनुगमनमा उपभोत्ता हित संरक्षण मञ्चका महासचिव दिनेश पन्थी, सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, सैनामैना उ.वा.संघका राज ब.क्षेत्री, सैनामैनाका चिकित्सक प्रकाश खरेल, स्वास्थ्य संयोजक हेमराज पन्थी लगायतको सहभागीतामा नगरमा अनुगमन गरिएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij