आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘कोरोना समस्या मात्र होइन समाज परिवर्तनको सुनौलो अवसर पनि हो’

  • प्रकाशित मिति : शनिबार, चैत्र २२, २०७६



  • l;Ocf] s];L– /f;; s'/fsfgL sf7df8f}F, !* df3 M PgPdaL a}+ssf k|d'v sfo{sf/L clws[t -l;Ocf]_ ;'lgn s];L /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu s'/fsfgL ub}{ . t:jL/M gjLg kf}8]n÷ /f;;

    काठमाडौँ । एनएमबी बैङ्कका कार्यकारी निर्देशक (सीईओ) हुन् सुनिल केसी । केसीले राष्ट्रका प्रमुख ‘क’ वर्गका वाणिज्य बैङ्कहरु मध्येको एक बृहत् बैङ्क एनएमबीको नेतृत्व सम्हालिरहेका छन् । यद्यपि अहिलेको विषम परिस्थितिमा समेत उनले घरमै बसेर बैङ्कका सम्पूर्ण कार्यभार पूरा गरिरहेका छन् ।

    यतिखेर विश्व कोरोना महामारीको चरम आक्रमणको सिकारमा छ । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या १० लाख नाघिसकेको छ भने कोरोनाबाटै मृत्यु हुनेहरुको सङ्ख्या आजको दिनसम्म ५० हजारभन्दा माथि पुगिसकेको छ ।

    विश्वव्यापी बनेको कोरोना भाइरस तीव्र गतिमा फैलिरहँदा विश्वले आफ्नो देश र नागरिकको सुरक्षाका लागि भन्दै कोरोना रोकथाम तथा सुरक्षाका विभिन्न उपाय अपनाइरहेका छन् । सम्भावित दुर्घटनाबाट मुलुकलाई रोक्न अहिले धेरैजसो देशहरुले लकडाउनको रणनीति अपनाइरहेका छन् ।

    यसैबीच ठ्याक्कै यतिखेर नेपालले पनि सम्भावित कोरोना महामारीको दुर्घटनाबाट मुलुकलाई बचाउन देश पूर्ण रूपमा लकडाउन गरेको छ ।

    लकडाउनकै कारण यतिखेर सबै नागरिकहरु घरभित्रै थुनिन पुगेका छन् भने सधैँजसो व्यस्त र दौडधूप गर्ने कर्पोरेटकर्मीहरु समेत फुर्सदिला भएका छन् ।

    कोरोनाले सधैँजसो व्यस्त र दौडधूपको जीवनबाट केही फुर्सदिलो र शान्त बन्न सिकाएको सीईओ केसी बताउँछन् ।

    कोरोनाको विश्व महामारीका कारण आज धेरैजसो देशहरु लकडाउनमा छन् । धेरैको दैनिकी अस्तव्यस्त भएको छ । जसको सिकार आज हामी नेपाली पनि भएका छौँ । कोरोनाको सन्त्राससँगै बढेको जोखिमलाई न्यूनीकरण गर्न भन्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आज हामी घरघरमै थुनिन पुगेका छौँ । तर हामीले घरमै बसेर पनि समयको सदुपयोग गरिरहेका छौँ । अफिसियल कामबाहेक पनि अन्य नयाँ नयाँ खोज तथा अनुसन्धान र अध्ययनलाई समेत समय पाएका छौँ । त्यति मात्र होइन हामीलाई आफ्नो परिवारसँग रम्नसमेत कोरोनाले सिकाएको छ । त्यसैले कोरोनाले हामीलाई सधैँ काम काम भनेर दौडधूप मात्र होइन केही फुर्सदिलो र क्रिएटिभ हुन पनि सिकाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij