आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रदेश १ का क्वारेन्टाइनमा ५९९ जना

  • प्रकाशित मिति : सोमवार, चैत्र २४, २०७६



  • विराटनगर । प्रदेश १ मा रहेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या करिब ६०० पुगेको छ । प्रदेशका २४४ स्थानमा रहेका तीन हजार ९५४ बेडका क्वारेनटाइनमा चार महिलासहित ५९९ पुरुष रहेका छन ।

    सबैभन्दा बढी मोरङको टाँडीमा नेपाली सेनाले तयार पारेको क्वारेनटाइनमा १३० जना रहेका छन् । जिल्लामा तीन महिलासहित १३ जना आइसोलेसनमा छन् ।

    प्रदेशभर ५२२ महिला र दुई हजार २३१ पुरुषसहित कूल दुई हजार ७५३ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

    सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् । प्रदेशमा कोरोना संक्रमणको आशंका गरिएका मध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबारसम्म १९ महिलासहित ७३ जनाको स्वाब संकलन गरी ल्याब परीक्षण गरिएको थियो ।

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले प्रदेश भरी कोरोनाको आश्ाकामा स्वाब परीक्षणका लागि पठाइएका मध्ये १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

    पछिल्ला समय सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट कोरोना भाइरसको आशंका गरिएका बिरामीको स्वाब परीक्षण हुँदै आएको छ । जसका कारण बिरामीको स्वाब परीक्षणमा सहजता भएको प्रवक्ता मेहताले बताए ।

    प्रतिष्ठानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij