आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराटनगरमा कोरोना परीक्षण गर्दा १०३ जनाको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • विराटनगर, चैत २६ । प्रदेश १ मा बुधबार साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

    प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।

    परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ ।

    यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ ।

    आइसोलेसनबाट आजसम्म आठ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij