प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६
मधुकर पाण्डे, काठमाडौ । नेपाली काङ्ग्रेसका युवानेता संबिधान सभाका सदस्य पुर्व सांसद रामहरि खतिवडाले अोखलढुङ्गा जिल्लामा गएर जिल्ला भरि नै १० हजार थान माक्स र २७ पिस PPE सहयोग गर्नुभएको छ।
त्यसैगरी ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई १३ पिस PPE र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राम कृष्ण खड्कालाई प्र जि अ मार्फत मास्क पन्जाहरु जिल्लाभरका प्रहरीलाई पुग्ने गरि सहयोग भएको छ।
ओखलढुङ्गा जिल्लाको लिखु गाउँ पालिकाको लागि १ हजार थान माक्स र २ पिस PPE सहयोग गर्नुभएको छ।यो महामारीमा पनि ज्यानको कुनै प्रवाह नगरी ओखलढुंगा नै गएर सामाग्रीहरू उपलब्ध गराउनु भएको छ,उहाँले ३५ लिटर सेनिटाईजर र ३० हजार पन्जा जिल्लामा गएर प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय तहमा आबस्यता अनुसार बितरण गर्ने गरि सहयोग गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ,यदी खतीवडा जस्तै सबै पार्टीका नेताहरूमा समाजसेवा नै राजनीति हो भन्ने बुझाई रह्यो भने देशमा जस्तो सुकै संकट आएपनी सजिलोसँग संग लडने क्षमता सबै जनता हुने छ बिशेष गरि काङ्ग्रेसका नेताले सिक्न जरुरी छ सरकारको भागबन्डा गर्ने बेला होइन यो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij