आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाका बिरामीमा पत्ता लाग्यो यी नयाँ लक्षण

  • प्रकाशित मिति : शनिबार, चैत्र २९, २०७६



  • कोरोना भाइरसका केही बिरामीमा न्युरोलोजिकल समस्या जस्तै, चक्कर लाग्ने, टाउको दुख्ने र होश गुम्ने समेत देखिएको शुक्रबार सार्वजनिक नयाँ अध्ययन प्रतिवेदनले जनाएको छ ।

    चीनमा धेरै अनुसन्धानकर्ताहरुले मिलेर यसबारे अध्ययन गरेका हुन् । उनीहरुले २ सय १४ जना कोरोना भाइरसका बिरामीको लक्षण जाँच गरेका थिए ।

    त्यसक्रममा झन्डै आधा बिरामीमा कुनै न कुनै न्युरोलोजिकल समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ३६ जनामा चक्कर लाग्ने, २८ जना टाउको दुख्ने र १६ जनामा होश गुम्ने लक्षण देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । एकै व्यक्तिमा सिजर्स र अटासिया (बोली स्पष्ट नहुने र अस्थिर रहने ) रोग समेत देखिएको छ । त्यस्तै १९ बिरामीले ‘सेन्सरी ड्यामेज’ (स्वाद र वास्ना थाहा नपाउने ) अनुभव गरेको अध्ययनकर्ताहरुले जनाएका छन् ।

    कोरोना भाइरसका कारण विश्वभर १६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । -न्यूयोर्क पोस्ट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij