आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग नेपालकाे आग्रह

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०७७



  • काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ।

    सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरण गरिदिन मन्त्री ज्ञवालीले आग्रह गरेका हुन् ।

    अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उनले धन्यवाद ज्ञापन गरे।

    त्यस्तै चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गरे।

    मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने बताए ।

    कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    साथै उनले सरकार–सरकार (जीटुटी) बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

    चीनमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद दिए ।

    दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij