आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैशाख १५ सम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०७७



  • मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।

    मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

    लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।

    अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ। लकडाउनलाई कडाई गर्ने निर्णय बैठकमा भएको ती मन्त्रीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij