आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन

  • प्रकाशित मिति : बुधबार, बैशाख ३, २०७७



  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय सस्थाहरुलाई नियमित रुपमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ । बुधबार सूचना जारी गरी राष्ट्र बैंकमा पठाउनुपर्ने रिर्पोटहरु नियमित पठाउन निर्देशन दिएको हो ।

    यसअघि राष्ट्र बैंकले लकडाउन अवधिको रिपोर्ट अवस्था सामान्य भएपछि सात दिनभित्र पठाउन सकिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकलाई कोरोना भाइरसले पारेको प्रभाव मूल्यांकन गर्न तथ्यांक आवश्यक भएपछि निरन्तर रिर्पोट बुझाउन निर्देशन दिएको प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।

    ‘गत चैत १२ गते जारी भएको बैक तथा वितीय संस्थाहरुले नेपाल राष्ट्र बैकमा गनुएपर्ने रिपोर्टिङहरु परिस्थिति सामान्य भै कार्यालय नियमित रुपमा खुलेको सात कार्यदिभित्र गर्ने व्यवस्था मिलाउने भन्ने उल्लेख थियो ।

    तर, अब प्रत्येक बैंकहरुको अवस्था अध्ययन गरी विश्लेषण गर्नुपर्ने हुदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी अब नियमित रुपमा रिपोर्टिङ गर्नु’ बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

    राष्ट्र बैंकले भट्टको संयोजकत्वमा कोरोनाको प्रभाव मुल्यांकन समिति बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij