प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका का युवा नेता प्रदीप पौडेलले नागरिकलाई राहत दिन नसक्ने भए सहज ढंगले घर जान दिन सरकारसँग आग्रह गरेका छन् ।
कोरोना भाइरसको महामारीबाट उत्पन्न समस्याका कारण नागरिकहरु भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौं किलोमिटर हिंडेर घर जान बाध्य हुनुपरेको उनको भनाइ छ।
नेता पौडेलले अस्थायी रुपमा शहरमा बसेका जनता सरकारले राहत उचित व्यवस्था गर्न नसक्दा सयौँ किलोमिटर हिंडेर घर गएको बताए ।
पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यी पैदल यात्रीहरू सरकारले राहत दिँदादिँदै रहरले हिँडेका होइनन् । भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौँ किलोमिटर हिँडेर घर गइरहेका हुन् । सरकार घुम्ती बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुन्याइदेऊ । कोही सुरक्षित हुन कसैले यस्तो पिडा पाउनुहुँदैन । कि राहत देऊ, सक्दैनौ घर जान देऊ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij