प्रकाशित मिति : शुक्रबार, बैशाख ५, २०७७
कमिरेचौर,५ बैशाख । दाङको बंगलाचुली गाउँपालिकाले थप ३ जनालाई क्वारेनटाईनमा राखेको छ । उनीहरुलाई शुक्रबार बंगलाचुली गाउँपालिकाको वडा नं.–४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा राखिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नं. ५ उपल्लो मुर्कुटी घरभएका ३ जनालाई क्वारेनटाईनमा राखीएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । उनिहरु मध्य दुई पुरुष र एक महिला रहेका छन् ।
उनिहरु पर्वत जिल्लाको कुस्मामा ज्यामी काम गर्न गएको र घर फर्कने बेला पर्वत देखि हिडेर गुल्मी पुगेको त्यसपछी घोराहीसम्म गाडीमा आएको बुझीएको छ । उनिहरुलाई कोरोनाको जोखिम नहोस् भनि क्वारेन्टाईनमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो ।
अब झुलीडाँडा क्वारेन्टाईनमा बस्नेहरुको संख्या १० पुगेको छ, भने उता बंगलाचुली ८ मा रहेको जनकल्याण प्रा.वी. हंसपुर क्वारेन्टाईनमा एकजना गरी बंगलाचुली गाउँपालिकामा जम्मा क्वारेनटाईन बस्नेको संख्या ११ जना पुगेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij